बार्सिलोनामा नेपालबारे यस्तो प्रचार, बसहरुमा नेपालकै तस्विर | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

स्पेन, ३ भदौ । स्पेनको बार्सिलोनामा पर्यटन प्रर्वद्धनका लागि नेपाल झल्काउने तस्वीरहरु राखेर प्रचार प्रसार गर्न थालिएको छ। गत अगष्ट १० देखि अगस्ट १३ तारिकसम्म बार्सिलोनाको सडकमा गुड्ने चार रुटका बसहरुमा नेपाल चिनाउने तस्वीरहरु टाँसिएका हुन्।

 

स्पेनका लागि मानार्थ पहिलो नेपाली पर्यटन दूत दिपक खरेलको पहलमा नेपालका प्रमुख पर्यटकीय स्थानहरु, स्वयम्भु, पशुपपतीनाथ, लुम्बिनी, पोखरा लगायतका मुख्य ठाउँको तस्विर बसहरुमा राखेर प्रचार प्रसार गरिएको स्पेनबासी नेपालीहरुले बताएका छन्।

पर्यटनदूत खरेलका अनुसार नेपाल झल्किने तस्बिर प्रचार प्रसार गर्न दुई हजार ६ सय ६९ युरो ६५ सेन्ट लागेको र स्पेनवासी नेपालीहरुबाटै दुई हजार ६ सय २ युरो संकलनमा भएको छ।

ताजा समाचार