पक्की सडकको अभावमा 'सन्दकपुर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पक्की सडकको अभावमा ‘सन्दकपुर’

टीका खतिवडा
इलाम, १३ फागुन । इलामको सन्दकपुर गाउँपालिका पर्यटनको प्रचुर सम्भावना बोकेकोे क्षेत्र हो । सन्दकपुरबाट नेपाल–भारतको साथै भुटानको हिमचुचुरा पनि हेर्न सकिन्छ । तर प्रचार प्रसार र पक्की सडक नहुँदा सन्दकपुर ओझेलमा परेको छ ।

इलामको उत्तरी क्षेत्र सन्दकपुर गाँउपालिका सदरमुकामबाट ४५ किलोमिटर दुरीमा पर्छ । सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघाका साथै सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमाल देख्न सकिन्छ । पूर्वी हिमशृंखलामा पर्ने साढे ६ हजार मिटर उचाइमाथिका अरु थुपै्र हिमचुचुराको अवलोकन गर्न पाइन्छ । सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ । तर कच्ची सडकका कारण सो क्षेत्रमा पुग्न पर्यटकलाई कठिन हुने गरेको छ ।

पर्यटकको सुविधाको लागि दोवाटे र कालपोखरी लगायतका ठाउँमा होटल र होमस्टे संचालन गरिएको छ । दोवाटे नजिकैको वनमा विश्वमानै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ । रेडपाण्डा हेर्नको लागि पर्यटकहरु सो क्षेत्रमा पुग्ने गरेका छन् । सन्दकपुरबाट ६० वटाभन्दा बढी हिमाल देख्न सकिने भएकाले पर्यटक लोभिने गरेका छन् ।

सन्दकपुरको पर्यटन प्रर्वद्धनका लागि सरकारले चासो दिएको देखिदैन । नेपाली भूभागको बाटो राम्रो नभएपछि पर्यटकहरुले भारतको बाटो प्रयोग गर्ने गरेका छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको सन्दकपुरको प्रचार प्रसार र पक्की सडक बनाउन आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);