वीरगंज-पथलैया औद्योगिक करिडोर निर्माण कार्यमा तिब्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वीरगंज-पथलैया औद्योगिक करिडोर निर्माण कार्यमा तिब्रता

श्याम गुप्ता
बारा, १३ फागुन । वीरगंज पथलैया औद्योगिक करिडोर निर्माणले गति लिएको छ । स्वदेशी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउँन सिमरा–डुमरवानामा औद्योगिक क्षेत्र सेज बनाउन लागिएको हो । करिडोर निर्माणले तिब्रता लिएपछि रोजगार पाउने भन्दै स्थानीय हर्षित भएका छन् ।

सिमरा–डुमरवानामा बनाउन लागिएको करिडोरको आठ सय ३३ बिघा जमिनलाई पाँच वटा ब्लकमा विभाजन गरेर काम तिब्र गतिमा भइहरेको हो । सेजमा अहिले ‘ए’ ब्लक भित्र पूर्वाधार निर्माण गर्ने काम भईरहेको छ । ३ सय ४३ बिगाह जमिन रहेको ‘ए’ ब्लकमा बाटो बनाउने काम अन्तिम चरणमा पुगेको छ । झण्डै दुई अर्बको लागतमा बनाउन लागिएको प्रशासनिक र सेवा भवनको काम पनि तिब्र गतिमा भइरहेको छ ।

दुई वर्ष भित्र ब्लक ए को काम सम्पन्न गरेर ईच्छुक उद्योगीलाई उद्योग खोल्न अपिल गरिने छ । ब्लक ए को कामसँगै ब्लक बी र सी को पनि काम अगाडि बढिरहेको छ । ब्लक बी को १ सय २८ बिघा र ब्लक सी ४९ दशमलव पाँच बिघामा निर्माण हुने छ । ब्लक ए मा तयारी पोसाकका लागि सरकारले जोन घोषणा गरेको छ ।

पोषाक उद्योगका लागि भारतको कोकाकोला, बंगलादेश र अमेरिकाका केही कम्पनीले उद्योग खोल्न आकर्षित भएका छन् । पहिलो चरणमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य छ । वीरगंज पथलैया औद्योगिक करिडोर निर्माणमा अवरोध नगरि छिटो सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । औद्योगिक करिडोर क्षेत्र बनेपछि धेरैले रोजगार पानुका साथै स्वदेशी उत्पादनमा देश आत्मनिर्भर हुने अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);