बाराको सिमरामा 'सेज' स्थापनाका लागि टेण्डर आह्वान गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाराको सिमरामा ‘सेज’ स्थापनाका लागि टेण्डर आह्वान गर्ने तयारी

sez bara

श्याम गुप्ता
बारा, ४ जेठ । बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) ले उद्योग स्थापनाका लागि टेण्डर आह्वान गर्ने भएको छ । उद्योग स्थापनाका लागि टेण्डर आह्वान गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । ब्लक ए मा रहेको तीन सय ४३ बिघा मध्ये एक सय ६५ बिघामा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माणका लागि पुर्वाधारहरु निर्माण भईसकेको छ । सिमरा औराहामा रहेको आठ सय ३३ बिघालाई पाँच ब्लकमा बाँडेर अहिले ब्लक “ए” मा पूर्वाधार निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सहायक ईन्जिनियर अजय कुमार चौधरीले जानकारी दिनुभयो ।

सेज क्षेत्रमा एक सय ३२ केभीएको प्रसारण लाईन निर्माणका लागि विद्युत् प्राधिकरणलाई बजेट निकासा गरिसकिएकोले बिद्युत प्रसारणको काम पनि सम्पन्न हुन लागेको छ । ब्लक ए का अधिकांश पुर्वाधार निर्माण गर्ने कार्य सम्पन्न भएकाले आँउदो आर्थिक बर्षमा ब्लक ए मा गार्मेन्ट उद्योग स्थापनाका लागि उद्योगीहरुलाई टेण्डर आह्वान गरिने सहायक ईन्जिनियर चौधरीले बताउनु भयो ।

तत्कालीन उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले एक दशक अघि सेजको उद्घाटन गर्नु भएको थियो भने प्रधानमन्त्री केपी ओलीले ०७४ चैत १८ मा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गर्नु भएको थियो ।

वीरगंज चिनी कारखाना लिमिटेडको सिमरा औराहामा रहेको आठ सय ३३ बिघालाई पाँच ब्लकमा बाँडेर अहिले ब्लक “ए” मा पूर्वाधार निर्माण भएको हो । “ए” ब्लकमा ६८ वटा प्लट तीन हजारदेखि पाँच हजार स्क्वायर मिटरको रहेका छन् ।

भारतीय रेलमार्ग, एकीकृत भन्सार चौकी, सुख्खा बन्दरगाह र निर्माणाधीन निजगढ काठमाडौं दु्रत मार्ग, दोस्रो अन्तराष्ट्रिय बिमानस्थलका कारण यो क्षेत्र औद्योगिक विकासका लागि उत्तम मानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);