भुगोल, सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुन सक्ने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भुगोल, सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुन सक्ने : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भुगोल, सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुन सक्ने बताएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र सेजमा रहेको बल्क “ए” को आईतबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सर्वाेपरि जनता भएको देश नेपालमा तराई, पहाड, हिमालका साथै नेपाली जनतामा निहित सार्वभौम सत्ता कहिल्यै परिवर्तन हुन नसक्ने बताए ।

कृषिको माध्यमबाट देशलाई समृद्ध बनाउँने जिकिर गर्दै उनकोे अबको दिनमा प्रधानमन्त्रीको ईगो नभै देशको विकासका लागि सञ्चालित अभियानले जित्ने दाबी गरे । भारत र चीन नेपालको विकासमा सहकार्य गर्न आतुर रहको भन्दै दुबै देशसँगको सहकार्यमा विकासमा जनलहर ल्याउने उनको भनाई थियो ।

शिलान्याससँगै विशेष अर्थिक क्षेत्र सेजको निर्माण कार्यले तिव्रता पाउने देखिएको छ । प्रधानमन्त्री ओलीले सेजको व्लक ‘ए’ मा गार्मेन्ट प्रोसेसिङ जोनकोसमेत शिलान्यास गरे । प्रधानमन्त्री ओलीसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि शिलान्यासका लागि बारा आएका थिए । निर्माण थालेको करिब एक दशकपछि अन्तिम चरणमा पुगेको सेजको व्लक ‘ए’ मा निर्माण हुँने गार्मेन्ट प्रोसेसिङ जोनको शिलान्यासका लागि उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडासहितको टोली बारामा रहेर विशेष तयारी गरेका थिए ।

विशेष आर्थिक क्षेत्रको ‘ए’ ब्लकको काम अन्तिम चरणमा पुगेको छ । यो व्लकलाई गार्मेन्ट प्रोसेसिङ जोनका लागि निर्माण गर्न लागिएकाले कपडा र कपडाजन्य उद्योग यस व्लकमा स्थापना हुनेछन् । तीन सय ४३ बिगहामा फैलिएको ‘ए’ व्लकमा एक सय ६५ बिगहा जग्गामा गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गरिँदैछ । चालु आर्थिक वर्षका लागि सडक निर्माणतर्फ ९४ करोड र प्रशासनिक भवन निर्माणका लागि ३४ करोडको ठेक्का लगाएर अहिले काम भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);