म माथि भौतिक आक्रमण हुनसक्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म माथि भौतिक आक्रमण हुनसक्छ : प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुविरुद्ध देशी विदेशी षडयन्त्र चलिरहेको बताएका छन् । प्रधानमन्त्री ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा सोमबार संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रलाई सार्वभौम सत्ता सम्पन्न स्वाधीन र स्वतन्त्र राख्न खोजेकोले आफूविरुद्ध यस्तो षड्यन्त्र भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले सानो निजी स्वार्थ पूरा गर्नका लागि राष्ट्रिय स्वार्थलाई तिलान्जली दिएको आरोप समेत लगाएका छन् ।

सरकारका काम गतिशिल तरिकाले संचालन गरेकोले म माथि हमला भएको छ‘ प्रधानमन्त्रीले भने । उनले आफूमाथि भौतिक आक्रमण भएपनि अचम्म नमान्न कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्रीले आफूहरु अपराधी तत्वसंग लडिरहेको बताए। झुठा लान्छाना लगाएर १९ पेज लामो बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रचार गरिएको बताए।

प्रधानमन्त्री ओलीले यत्रो हमला भइरहेको र देशी बिदेशी षड्यन्त्र हुँदा पनि कार्यकर्ताहरु विचिलित नभएको बताए । ‘अहिले उनीहरु आफूसँग बहुमत भएको दावी गरिरहेका छन् त्यो बहुमत पार्टी एकताको लागि मैले नै दिएको हो’ प्रधानमन्त्रीले भने । उनले एकीकरण सकिए लगतै धन्दा सुरु गरेको भन्दै दाहाल–नेपाल पक्षलाई आरोप लगाए। प्रधामन्त्रीले जुन हातले नियुक्ति दियो त्यो हातले काट्न सक्छ भन्दै आफुले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएको बताए ।

त्यो बाहेक आफुले अरु कसैलाई पदबाट नहटाएको दावी गरे। उनले माईतीघर मण्डलामा बसेर आफै अध्यक्ष र संसदीय दलको नेता घोषणा गरेको भन्दै कटाक्ष समेत गरेका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष महासचिवले बोलाएको बैठकमा नआएको आरोप लगाउदै विधिसम्मत तरिकाले दलको नेता हटाउन चेतावनी दिए। विधि सम्मत तरिकाले आफुलाई हटाएमा डेड बर्ष सम्म प्रतिपक्षमा बस्ने र त्यसपछि दुई तिहाईका साथ फर्कने बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);