अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य छैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य छैन : प्रधानमन्त्री ओली

pm kp sharma oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य नहुने बताएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन् । अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने उनको भनाई छ ।

उनले भने ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताए । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि उनले बताए । नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उनको जोड छ । दुई÷तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्ने गरी काम अगाडी बढाएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिएपनि लगानी र प्रविधि भने आयत गर्ने बताए । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उनले कृषिको आधुनिकिकरण र व्यवसायीकरणमार्फत आत्मनिर्भर हुन जोड दिए ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);