प्रधानमन्त्रीको अनिच्छाकै कारण संवैधानिक निकायमा रित्त पद पूर्ति हुन सकेन : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रधानमन्त्रीको अनिच्छाकै कारण संवैधानिक निकायमा रित्त पद पूर्ति हुन सकेन : कांग्रेस

काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको कांग्रेसको आरोप छ ।

लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएको तर त्यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई छ।शर्माले राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भएपनि काममा ढिलासुस्ती,गर्न नसकेका र नगरेका कामहरुमा प्रतिपक्षीलाई दोष देखाउने प्रबृत्ति प्रधानमन्त्री ओलीमा रहेको बताउनुभयो।

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको समेत नामाकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्नु गलत भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);