संसद पुर्नस्थापना हुँदैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

संसद पुर्नस्थापना हुँदैन : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं १५ पुष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताउनुभएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताउनुभएको हो । संविधानत्ः संसदको पुर्नस्थापना गर्न नमिल्ने उहाँको भनाई छ । आफु संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाउनुभयो । आफुले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उहाँले बताउनुभयो । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने बताउँदै निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह गर्नुभएको छ । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाई छ । ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको बताउनुभयो । उहाँले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको बताउनुभयो । सडक पूर्वाधारमा धेरै विकास गरेको र आगामी दिनमा पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण रेलमार्ग बन्ने बताउनुभयो । कोभिड–१९ को संक्रमण दर तथा मृत्युदरमा कमी गराएको तथा भूकम्पपछिको पुर्ननिर्माणको काममा सफलता पाएको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);