सरकार कमजोर बनाउन मन्त्री लाग्नु दुर्भाग्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार कमजोर बनाउन मन्त्री लाग्नु दुर्भाग्य


भैरहवा, १५ पुष । नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार कमजोर बनाउन संघिय सरकारका मन्त्रीहरुनै लाग्नु देशका दुर्भाग्य भएको लुम्बिनी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सिद्धार्थनगरको बिस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले प्रधानमन्त्री केपी ओली नेतृत्वको बहुमतको सरकार कमजोर बनाउनका लागि सरकारमा सहभागि मन्त्रीहरु नै लागेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका मन्त्री लिला गिरीले भुकम्पले धरहरा तहसनहस भएको थुप्रै संरचना गुमाए पनि ओली सरकारले पुनः निर्माण गरि सम्पन्न हुने अवस्थामा पुग्नु देशका लागि शुखद अवसर भएको बताए ।

बिगतमा नाका बन्दीमा ओली सरकार डटेर देशका लागि लडेको बताउँदै यो सरकार देश जनताको सरकार भएको तर केही मन्त्रीको नाम नलिई उनले मन्त्रीहरु नै ठेक्का पट्टामा लागेका कारण देशले दुःख पाएको बताए ।

पार्टीको चुनाव चिन्ह सुर्य यहि नेकपाले नै पाउने दाबी गर्दै गिरीले यदि यो पार्टीले सुर्य चुनाव चिन्ह र पार्टीको नाम नपाए कसैले पाउन नसक्ने दाबी गरे । यो पार्टी सहमतीमा चलाउने निर्णय भएको बताउँदै उनले पार्टीको प्रथम अध्यक्ष र महासचिव भएका कारण पनि सबै अधिकार यहि पार्टीलाई भएको बताए ।
कार्यक्रममा वक्ताहरुले सरकारका राम्रा कामको सहयोग नगर्नेहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

आफ्नै पार्टीले गरेका राम्रा कामहरुको जनतामाझ प्रचार गर्नुको सट्टा आफ्ना स्वार्थ केन्द्रीत काम गरि ठूलो कम्युनिष्ट पार्टीलाई फुटाउन तर्फ लाग्नु दुर्भाग्य भएको बताए । राष्ट्रले उठाएका सहि कदमको पछि नलागी बिदेशीको इसारामा चल्नेहरु कुर्चीका लागी सधै लालायित भएको उनिहरुले बताए ।

नेकपाका जिल्ला कमिटी सदस्य, नगर सह इन्चार्ज तथा सिद्धार्थनगर नगरपालिकाका कार्यपालिका सदस्य प्रेम सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु राजेन्द्र प्रसाद पन्थी, प्रेम गुरुङ,हितराज पन्थी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पम्फावति खनाल, प्रदेश बिभाग सदस्य डासुराम पाण्डे, नेकपा जिल्ला सदस्यहरु उमा अधिकारी, डिजाइन थापा, क्षेत्रीय सदस्य उमेश थापा, अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरी, भीम भण्डारी, सिद्धार्थनगर नगर कमिटी सदस्य कुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो । सिद्धार्थनगर नगरकमिटी सदस्य लक्ष्मी पाण्डेको स्वागत मन्तब्य र सिद्धार्थनगर नगर कमिटी सदस्य चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);