ओली सरकारलाई पार्टी भित्रैबाट सबैभन्दा बढी खतरा छ : लालबाबु यादव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओली सरकारलाई पार्टी भित्रैबाट सबैभन्दा बढी खतरा छ : लालबाबु यादव (भिडियोसहित)

kharo_prasna

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको करिब ६ महिना भएको छ । त्यस बीचमा आम मानिसहरुले सरकारसँग धेरैनै आशा गरेका थिए । चुनावमा नेकपाले जारी गरेको घोषणापत्र र नेताले दिएका आश्वाशन अनुसार आम जनताले धेरै अपेक्षा गर्नु स्वाभाविकनै थियो । तर, हाम्रो बस्तुगत परिस्थिति, आर्थिक अवस्था, काम र खर्च गर्न सक्ने क्षेमता यी सबै कारणले भने जनताले गरेको अपेक्षा र नेताहरुले दिएको आश्वाशनबीच निकै ठुलो खाडल देखिएको छ । त्यसैले सरकारमाथि र सरकारले गरेको काममाथि प्रस्न उठ्न थालेको छ । यो प्रस्नको घेरामा सरकार परिरहँदा, न नेकपाका नेताहरुले यसको भरपर्दो जवाफ दिएका छन्, न सरकारले कामगर्ने संकेत देखाईरहेको छ । यसको खालको अलमल किन भईरहेको छ ? सरकार के कारणले कमजोर हुदै गईरहेको छ ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता लालबाबु यादवसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);