बिमस्टेकमा शैन्य अभ्यासको कुनै निर्णय भएको छैन : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिमस्टेकमा शैन्य अभ्यासको कुनै निर्णय भएको छैन : मन्त्री ज्ञवाली

pradeep gyawali

काठमाडौं, २२ भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको प्रष्टाएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले हालै काठमाण्डौमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिएका हुन् । शुक्रबार प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उनले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको बताए ।

उनँले सार्कलाई बिमस्टेकको विकल्पका रुपमा लिनुहुन्न भन्ने मान्यतामा सरकार दृढ रहेको उल्लेख गरे । परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए । उनँले बिमस्टेक शिखर सम्मेलनको १८ बुदे काठमाडौं घोषणा पत्र कार्यान्वयन गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्ने तयारी भईरहेको पनि बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);