सरकारलाई रास्वपा सांसद ढकालको प्रश्नः ‘खोलो तरेपछि लौरो बिर्सने हो ? | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

सरकारलाई रास्वपा सांसद ढकालको प्रश्नः ‘खोलो तरेपछि लौरो बिर्सने हो ?

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले जेन–जी घाइते, शहीद परिवार र कर्तव्य पालनाका क्रममा दिवंगत सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले राज्यले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नु र परिवर्तनका संवाहकलाई सडकमा अलपत्र पार्नु गम्भीर त्रुटी भएको औंल्याउनुभएको हो । उहाँले २०८२ मङ्सिर २४ गते ‘जेन–जी’ आन्दोलनकारीसँग भएको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउनु भयो ।

आन्दोलनरत घाइते र शहीद परिवारले २३ बुँदे माग राखेर संघर्ष गरिरहेको सन्दर्भ जोड्दै उहाँले राज्यले सम्बोधन गर्न सक्ने मागहरूमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भर्खरै स्वास्थ्य मन्त्रालयसँग भएको ५ बुँदे सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई दिइने १० लाख रुपैयाँको राहत अपर्याप्त भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply