काम नगर्ने तर अधिकारका नाममा आन्दोलन गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काम नगर्ने तर अधिकारका नाममा आन्दोलन गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

kp oli pm

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने तर अधिकार प्राप्तीको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिएका छन् ।

निजामती सेवा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काम भन्दा कुरा बढि गर्ने कर्मचारीको कुनै आवश्यक्ता नरहेको वताए । प्रधानमन्त्री ओलीले मुलुकमा संख्यात्मक हिसावले कर्मचारीहरुको अभाव नभएको भन्दै राष्ट्रहितमा हुने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

उनले विषयगत कर्मचारीहरुको अभाव भएको भने स्विकार गर्दै त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न पनि कर्मचारीहरुलाई सचेत गराए । प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई आवश्यक सेवा र सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले कर्मचारी संगठन खारेज नहुने स्पष्ट पारे । उनले आधिकारिक ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले त्यसलाई खारेज हुन नदिने प्रष्टएका हुन् । कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउने सरकारको संकल्प पूरा गराउने जिम्मेवारी पूरा हुने गरी काममा लाग्न कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री पण्डितले कर्मचारीको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा कर्मचारी संगठनका नेताहरुले कर्मचारीहरुको हित प्रतिकूल हुने गरी कानुन निर्माण नगर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);