प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय

काठमाडौं ।

मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँकाअनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो भने दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो ।उक्त संयन्त्रमा संसद्मा नभएका दलहरूलाई पनि समेटिने उहाँले जानकारी दिनुभयो । बैठकले विपद्पछिको पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन संसद्मार्फत एक विशेष समिति वा संयन्त्र बनाउने प्रश्ताव गरेको छ । सभापति थापाले विगतका विपद्हरूमा (जस्तै जाजरकोट भूकम्प) केही समयपछि प्राथमिकताहरू फेरिने र पीडितहरू अलपत्र पर्ने प्रवृत्ति देखिएकाले यसपटक त्यसको पुनरावृत्ति हुन नदिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार