गठबन्धन बैठक : महानगरको तालमेलको निर्णय केन्द्रबाटै, अन्यको स्थानीयबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

गठबन्धन बैठक : महानगरको तालमेलको निर्णय केन्द्रबाटै, अन्यको स्थानीयबाट

काठमाडौं । सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो ।

महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय पनि गठबन्धन नेताहरूले गरेका छन् । 

स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति समेत भएको बैठकमा सहभागि नेकपा एसका नेता झलनाथ खनालले जानकारी दिए । संयन्त्र बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);