मुक्कुमलुङ केबलकार विवादः संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

मुक्कुमलुङ केबलकार विवादः संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ 

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणवद्ध आन्दोलन गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानूनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण अघि आरोप लगाउनुभधयो । उहाँले  केबलकार निर्माणको विषयमा सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेको अवस्थामा समेत निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन गर्न बाध्य भएको बताउनु भयो ।

उहाँकाअनुसार केबलकार निर्माण कार्य रोक्न माग गर्दै वैशाख ३० गते काठमाडौं, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थेगिमले बताउनुभयो । उहाँले जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने बताउनुभयो । आन्दोलनका कार्यक्रमहरु कोशी प्रदेशमा केन्द्रित गरिने उहाँको भनाइ छ ।मुक्कुमलुङ (पाथीभरा) क्षेत्र संरक्षणका लागि आन्दोलनका कार्यक्रमहरुमा सहभागि हुन समेत सबैमा अपिल गर्नुभयो ।

Leave a Reply