माघ २८ सोमबार ।
ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि विनास्किर्ष टुंगिएको थियो ।
सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको । निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन् ।





