दाङमा संयुक्त संघर्ष समिति गठन : यस्ता छन् आन्दोलनका कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दाङमा संयुक्त संघर्ष समिति गठन : यस्ता छन् आन्दोलनका कार्यक्रम

गोपाल शर्मा
दाङ , ४ माघ । पाँच नम्बर प्रदेशको राजधानी दाङ कायम गर्न माग गर्दै मंगबारदेखि सुरु भएको आन्दोलनलाई थप प्रभावकारी बनाउन दाङमा संयुक्त आन्दोलन परिचालन समिति तथा संयुक्त संघर्ष समिति गठन भएकोे छ ।

बिहीवार जिल्लामा क्रियाशिल राजनीतिक दल, निर्वाचित जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज, बिभिन्न संघसंस्थाको सहभागितामा भएको बृहत छलफलले संघर्ष समिति गठन गरेको हो ।

नेकपा एमालेको संयोजकत्वमा समिति गठन भएको छ । जसको संयोजकमा एमालेका टिकाराम रेग्मी, सह संयोजकमा कांग्रेस र सदस्य सचिवमा माओवादी केन्द्र रहेको समिति गठन भएको छ । समितिले आन्दोलनलाई अझ सशक्त बनाउने माओवादी केन्द्रका सह इन्चार्ज निर्मल आचार्यले जानकारी दिए ।

उनका अनुसार अबको आन्दोलन राजमार्ग र शहर केन्द्रीत हुने छ । समितिले जिल्लामा गरिएका आम हड्ताललाई अझ शसक्त पार्ने जनाएको छ । दाङलाई पाँच नम्बर प्रदेशको राजधानी घोषणा नगर्दासम्म आन्दोलन जारी राखिने एमाले अध्यक्ष टिकाराम खड्काले बताए ।

समितिले यसअघि आन्दोलन सम्बन्धी नौ वटा निर्णय गरेर सार्वजनिक गरेको थियो । बिहीवार राजनीतिक दलहरुले संयुक्त रुपमा संघर्ष समितिको निर्माण गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जसमा प्रत्येक घरघरमा कालोझण्डा राख्ने देखि राष्ट्रिय सभाको निर्वाचन बिथोल्ने सम्मका छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

समितिले माघ तीन गतेलाई कालो दिन घोषणा गर्दै घर-घरमा कालो झन्डा राख्ने निर्णय गरेको छ । यसैगरी अस्पताल बाहेक जिल्लाका सबै सरकारी कार्यालयहरु पुर्णरुपमा बन्द गर्ने, बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी हो होईन एकिन गरेर मात्र चल्न दिने निर्णय भएको छ ।

आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्नेे  । जिल्लाका सबै जनप्रतिनिधिहरुलाई बन्धक बनाउने गरि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । यसैगरी सम्पुर्ण नेता तथा सरकारका प्रतिनिधिहरुलाई जिल्लामा प्रवेश निषेध गर्ने ।  माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने ।  कुनैपनि प्रकारको राज्यलाई कर नतिर्ने ।  राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने लगाएतका कार्यक्रम छन् ।

यहि निर्णय अनुसार बिहीबार पनि दाङ पूर्ण रुपमा बन्द भएको छ । यहाँका उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था, व्यापार व्यवसाय, राजमार्ग दिनभर बन्द भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);