गृह जिल्लामै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गृह जिल्लामै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन

बिमल जैरु
डडेल्धुरा, ४ माघ । गृह जिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रदर्शनकारीले शव बनाई शव यात्रा समेत गरेका थिए । बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दवाव दिन प्रधानमन्त्रीको पुत्ला दहन गर्नुपरेको आन्दोलनमा संयोजक प्रकाश साउँदले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);