भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दोहनप्रति गृह मन्त्रालयको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दोहनप्रति गृह मन्त्रालयको आपत्ति

griha mantralaya

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठानमा आँच आउने गतिविधि गरेकोमा गृहमन्त्रालयले गम्भीर आपत्ति जनाएको छ ।

गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर आपत्ति जनाएको हो ।

विज्ञप्तिमा लेखिएको छ–‘‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङखल र निन्दनीय गतिविधि प्रति मन्त्रालयको गम्भीर आपत्ति प्रकट गर्दछ ।’’

यसका साथै विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउने चाहने उल्लेख गर्दै नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख गरिएको छ ।

मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत गृहले आग्रह गरेको छ ।

मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिने गृहले बताएको छ । साथै गृह मन्त्रालयले मित्र राष्ट्रहरु विरुद्ध लक्षित हुन गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भर्य कानून हातमा लिनेलाई कारबाही गरिने पनि बताएको छ ।

दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिले पुष्टि गरेपछि केही दिन अघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए ।

Leave a Reply