मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेता पक्राउ

janakpur pakrau

जनकपुरधाम, ३० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने करिव एक दर्जन विद्यार्थी नेताहरु जनकपुरबाट पक्राउ परेका छन् ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा आज दिउँसो जनकपुरको रामानन्दचोकमा आन्दोलनमा उत्रिएका एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु विरोध प्रदर्शन गरेका हुन् । उनीहरु भारत विरुद्व प्रदर्शनसंगै जनकपुरको रामानन्द चौकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका हुन् ।

पुत्ला दहन गर्न थालेपछि प्रहरीले विद्यार्थी नेता आनन्द झा,राजन झा,रिकि यादव,आर।पि यादव सहित करिव एक दर्जनलाइ पक्राउ गरेका हुन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);