प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

जनकपुरधाम । प्रदेश २ को नाम मधेस राखिएकाे विराेधमा जनकपुरधाममा प्रदर्शन भएकाे छ । २२ जिल्लामा फैलिएकाे मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।

युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् । प्रदेशकाे नाम मधेस कायम भएकाे खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । 

Leave a Reply