तामाङ समुदायले सोनाम ल्होसार हर्षोउल्लासका साथ मनाए | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तामाङ समुदायले सोनाम ल्होसार हर्षोउल्लासका साथ मनाए

 पात्रो विवादका कारण नेपाल तामाङ घेदुङले ल्होसार मनाएनन्

फूलमाया आले
काठमाडाैं, ४ माघ । तामाङ समुदायले सोनाम ल्होसार हर्षोउल्लासकासाथ मनाएका छन् । यस वर्ष नेपाल राष्ट्रिय तामाङ संस्कृति घेदुङ र नेपाल तामाङ घेदुङ अर्थात साधना तामाङ कला केन्द्रबीच पात्रोको विवादका कारण राष्ट्रिय तामाङ संस्कृति घेदुङले मात्र ल्होसार मनाएका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइने चलन छ । तामाङ भाषामा ल्हो को अर्थ ‘वर्ष’ र च्छार को अर्थ ‘नयाँ’ भन्ने हुन्छ । अर्थाल तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होसार मनाउने गरेका छन् ।

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले चरा वर्षको विदाइका साथै कुकुर वर्षको स्वागत गरी ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृतिपूजकसमेत भन्ने गरिन्छ । सोनाम ल्होसारको अवसरमा तामाङ समुदायमा खाप्से, फापरको पिठोको आल्मा जस्ता खानेकरा खाने, भेशभूषा तथा सांस्कृतिक झाँकीको प्रदर्शन गर्ने चलन छ ।

हरेक वर्ष तामाङ समुदायले उत्साहका साथ मनाउने सोनाम ल्होसार यस वर्ष भने नेपाल राष्ट्रिय तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ अर्थात साधना तामाङ कला केन्दबीच पात्रोका विषयमा विवाद देखिए पछि राष्ट्रिय तामाङ संस्कृति घेदुङले मात्र ल्होसार मनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नै ल्होसार मनाउँदै आएकाले पञ्चाङ्ग निर्णायक समितिको नेपाली पात्रो गलत भयो र तामाङ पात्रोसँग मिलेन भनेर वहिष्कार गर्नु औचित्यहिन भएको सरोकारवाला बताउँछन् ।

तामाङ समुदायले मनाउने चाड पर्व र साँस्कृतिक परम्पराको आफ्नै महत्व छ । चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्भाव अभिवृद्धि गर्न मदत गर्दछ । तर एउटै समुदायकोबीचमा विवाद गरेर पर्व नै पछि सार्नु कतिको उचित होला त ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);