आज सोनाम ल्होसार पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज सोनाम ल्होसार पर्व मनाउँदै

tamang loshar

काठमाडौं,४ माघ । हरेक वर्ष झैं यस वर्षपनि माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागेको हो । पर्वका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछन् । मञ्जुश्री पात्रोअनुसार आज चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायलाई शुभकामना दिएका छन ।

उनँले सोनाम ल्होसारले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन । पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);