गृहमन्त्री थापाद्धारा उद्घाटन गरि विविध कार्यक्रमका बिच राष्ट्रिय सोनाम ल्होछार सम्पन्न गरियो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गृहमन्त्री थापाद्धारा उद्घाटन गरि विविध कार्यक्रमका बिच राष्ट्रिय सोनाम ल्होछार सम्पन्न गरियो

काठमाडाैं, ३० माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइने गरिए सँगै नेपाल राष्ट्रिय तामाङ घेदुङ संघीय समितिले चपलीहाइट समितिको परिसरमा “तामाङ जातिको आफ्नै पहिचान समृद्ध तामाङ समाज निर्माण गर्ने राष्ट्रिय तामाङ घेदुङको महाअभियान” मूल नाराका साथ राष्ट्रिय सोनाम ल्होछार म्हे ल्हो तथा तामाङ साँस्कृति महोत्सव २८५७ को आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले गर्नुभएको थियो । कार्यक्रम वोल्दै माननीय गृहमन्त्री थापाले विभिन्न धर्म र संस्कृतिलाई सुनिश्चित गरियोस भनेर दिएको ज्ञापन पत्रलाई आगामी दिनमा समूदायहरुको संस्कृतिको संरक्षणको निम्ति पात्रोमा राखिने बताउनु भएको छ । उहाँले धर्म सस्कृतिहरुको संरक्षण राजनितिक रुपमा अधिकारहरु सुनिश्चित गरेरमात्र सम्भव नहुने हुँदा त्यसको साथसाथै जाति र समूदायहरुको आर्थिक समृद्धिलाई पनि सुनिश्चित गर्नु जरुरी रहेको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङ संघीय समितिका अध्यक्ष विर बहादुर योन्जनले वर्षदिन भरि काम गरेर थकित भएको शरिरलाई मनोरञ्जन दिनको लागि शुरुगरिएको यो ल्होछार पर्व पाँच हजार वर्ष पहिले देखिनै मनाउन शुरु भएको बताउनु भयो । कार्यक्रममा सम्मान कार्यक्रम सहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस अवसर सार्वजनिक विदा समेत दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);