आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाउँदै, प्रदेश नं २ र ३ मा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाउँदै, प्रदेश नं २ र ३ मा सार्वजनिक बिदा

sonam lhosaar

काठमाडौं, २२ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होसार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले हो ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिन्छ।

आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज प्रदेश नं २ र ३ मा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);