"समर लभ" को ‘गुनासो छैन’ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

“समर लभ” को ‘गुनासो छैन’ (भिडियोसहित)

gunaso chhain

काठमाडौं, २२ माघ । नेपाली फिल्म ‘समर लभ’ को मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको मुखमा इन्टरनेट रिलिज गरिएको ‘गुनासो छैन’ बोलको गीतमा गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत छ ।

गीतको भिडियोमा चल-अचल दृश्यहरु समावेश गरिएको छ । अभिनेता आशिष पिया उर्फ अतितको प्रेम पीडा गीतमा देखाइएको छ । अभिनेत्री रेवती क्षेत्री उर्फ सायाको प्रेममा उनी तड्पिएका छन् । गीतको अडियो उत्कृष्ट बनेको छ । पुष्पनको स्वर, शब्द र संगीतको जर्बजस्त संयोजन छ ।

यही शुक्रवारबाट प्रदर्शनका लागि तयार रहेको फिल्मलाई ‘नाइँ नभन्नू ल ३’ फेम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

फिल्ममा बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् । फिल्ममा सुरज सिंह ठकुरी लेखक र नम्रता सापकोटा सुस्मिताको भूमिकामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);