शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

काठमाडौं। गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ। सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना,  नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ ।  मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले  समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

गीतकाे भिडियाे लिंक : https://www.youtube.com/watch?v=IAuFA7wngx8

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);