शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स

काठमाडौं। गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको  सामाजिक  विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ ।प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको  गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल  प्रिन्स लियो हुन् ।

प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो ।  प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=MfZQ2tbRqXA

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);