२० लाखमा बिक्यो ‘बद्री बहादुर’ को विदेश राइट्स | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

२० लाखमा बिक्यो ‘बद्री बहादुर’ को विदेश राइट्स

काठमाडौं। शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ। बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् । पूजा तामाङले विदेश राइट्सका लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा फिल्म प्रदर्शनको हक पूजाको हातमा हुनेछ। नेपालबाहेकका अन्य देशमा फिल्म प्रदर्शन गर्न चाहनेले पूजासँग सम्पर्क गर्नुपर्ने हुन्छ। सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको फिल्मको नेपाल प्रदर्शन मिति केही दिनमा तय हुनेछ। केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण प्रचारमा जुट्नेछ। रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ। एलिनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्दै छिन। विनोद सापकोटाको छायांकन रहेको फिल्ममा टंक बुढाथोकी÷उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् ।

एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । फिल्मको निर्मातामा मिथुन भोटे रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);