समाजसेवा गर्न ‘पञ्चायत’ को विदेश प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

समाजसेवा गर्न ‘पञ्चायत’ को विदेश प्रदर्शन

panchayat

काठमाडौं, १७ साउन । चलचित्र विकास बोर्डबाट २०७४ सालमा प्रदर्शनमा आएका फिल्ममध्येबाट बिशेष फिल्म सहित नगद २ लाखबाट पुरस्कृत भएको फिल्म ‘पञ्चायत’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ ।

यो फिल्म यहि शुक्रबार मकवानपुर जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्यले मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा कतारमा प्रदर्शन हुँदैछ । कतार प्रदर्शनबाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुशान्त कुमार श्रेष्ठले जानकारी दिए ।

फिल्म प्रदर्शनका लागि निर्माता श्रेष्ठ कतार पुगिसकेका छन् । त्यस्तै, अगस्ट १२ मा ‘पञ्चायत’ अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शनबाट उठेको केही प्रतिशत रकम समाजसेवामा खर्चिने प्रस्तुतकर्ता गणेश गिरीले बताए ।
चेपाङ बालबालिकाहरुको सहयोगार्थ युएईका विभिन्न सहरमा पनि फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अलएन, दुबई र अबुधाबीमा बिशेष प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए ।

यो फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । ‘पञ्चायत’ का लेखक तथा निर्देशक शिवम अधिकारी हुन् । फिल्मीखवरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);