‘महापुरूष’ले ५१औँ दिन पूरा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘महापुरूष’ले ५१औँ दिन पूरा गर्दै

काठमाडौं । फिल्म ‘महापुरूष’ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएको छ । फिल्मले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औँ दिनको यात्रा पार गर्न लागेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘फिल्म हेर्न आउने दर्शकको सन्तुष्टिले नै यसलाई ५१ दिन पार गराउदै छ । हामीले दर्शकबाट पाएको यो मायालाई व्यक्त गर्ने शब्द छैन’, निर्देशक भट्टराईले भने । अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिन पार गर्दै छ । कोरोना भाइरसको महामारीपछि ५१ औँ दिन पार गर्ने यो दोस्रो फिल्म हो । यसले घरेलु बक्स अफिसमै १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

‘५१ औँ दिन परे गरेको खुसी हामी कार्यक्रम गरेर साट्दै छौँ । दर्शकप्रति कृतज्ञ छौँ’, निर्माता म्याक्स दीपेश खत्रीले भने । फिल्मले परिवारलाई जोड्ने कामसमेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले ।

आठौँ हप्तामा फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब समेत शो छ । बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल हलमा समेत फिल्म प्रदर्शनरत छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);