दीपकले घोषणा गरे ‘जय भोले’ को रिलिज डेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दीपकले घोषणा गरे ‘जय भोले’ को रिलिज डेट

deepak raj giri

काठमाडौं, ६ असोज । दशैंमा दुई ठूला ब्यानरका फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ प्रदर्शनमा आउने कुराले सिनेवृत लामै समय तात्यो । पटक-पटक वार्ता हुँदा पनि प्रदर्शन मितिलाई लिएर दुई फिल्मका मेकर्सबीच सहमती हुन सकेको थिएन ।

‘जय भोले’ को गीत र ट्रेलर सार्वजनिक भयो तर प्रदर्शन मिति राखिएन । निर्माता तथा निर्देशक अशोक शर्माले घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर फिल्म रिलिज गर्ने बताए । उता ‘छक्का पञ्जा ३’ ले ‘जय भोले’ सँग भिड्नु पर्ने डरले दुई गीत र पोस्टरमा प्रदर्शन मिति राख्न सकेन ।

अन्ततः दुई बाघ मेकर्सबीच प्रदर्शन मितिलाई लिएर सहमती जुटेको छ । शनिवार ‘छक्का पञ्जा ३’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले ‘जय भोले’ को प्रदर्शन मिति पनि घोषणा गरिदिए । उनले भने, ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिन । र, ‘जय भोले’ फूलपातीको दिन ।’

उनले क्लास हुनबाट बाँच्न र दुबै फिल्मको सफलताका लागि प्रदर्शन मितिमा सहमती जुटेको बताए । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्नुभएको थियो, सहमती कसरी सम्भव भयो ? पत्रकारको प्रश्नमा दीपकले भने, ‘प्रदर्शन मिति ठूलो कुरा होइन, दुई फिल्म जुध्नु हुन्न भन्ने मात्र हो ।’

उनले थपे, ‘दुई फिल्म जुध्दा फिल्म इन्डष्ट्रीको अहित चाहने तत्वहरु सलबलाउँछन् । यसकारण मिलेर अगाडि बढ्नु पर्छ भनेर म र अशोक दाईबीच धेरैपटक वार्ता भयो । मैले उहाँलाई फूलपाती या घटस्थापनामध्ये एक मितिमा आउनु भने । उहाँले फूलपाती रोज्नुभयो ।’

‘जय भोले’ निर्माता तथा निर्देशक शर्माले फिल्म रिलिजका लागि धेरै हलसँग कागजी सम्झौैता गरिसकेका छन् । अब त्यो के हुन्छ ? फेरि पत्रकारको प्रश्न दीपकराजमाथि तेर्सियो । उनले रिलिजको एक हप्तापछि ‘जय भोले’ ले सम्झौता गरेको हल छाड्न कुनै आपत्ति नभएको बताए ।

‘एकैदिन आउँदा पनि त हल बाँडफाँड हुन्थ्योे । अब त एक हप्ताको अन्तर छ । एक हप्ताको विजनेश हामीले राम्रोसँग गर्न पाउँछौं । त्यसपछि फिल्म चलाउने वा नचलाउने हल सञ्चालकको हातमा हुन्छ’, उनले भने । फिल्मीखबरबाट 

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);