सिनेमा हलहरुमा जय र भोलेको कथा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिनेमा हलहरुमा जय र भोलेको कथा

jay vole

काठमाडौँ, ३१ असोज । घटस्थापनादेखि प्रदर्शनरत ‘छक्कापञ्जा ३’ ले दर्शक साथ बटुलिरहेका बेला दसैंकै अवसर पारेर फूलपातीदेखि अर्को नेपाली फिल्म ‘जय भोले’ आएको छ  ।

अशोक शर्मा झन्डै १२ वर्षपछि पुन निर्देशनमा फर्कंदा उनलाई पटकथामा खगेन्द्र लामिछानेले साथ दिएका हुन्  । ‘जय भोले’ घोषणा कार्यक्रममा कलाकारहरू खगेन्द्र लामिछाने, स्वस्तिमा खड्काका साथ निर्देशक अशोक शर्मा ।
घटस्थापनादेखि प्रदर्शनरत ‘छक्कापञ्जा ३’ ले दर्शक साथ बटुलिरहेका बेला दसैंकै अवसर पारेर फूलपातीदेखि अर्को नेपाली फिल्म ‘जय भोले’ आएको छ । अशोक शर्मा झन्डै १२ वर्षपछि पुन निर्देशनमा फर्कंदा उनलाई पटकथामा खगेन्द्र लामिछानेले साथ दिएका हुन् । त्यसो त शर्माले खगेन्द्र अभिनीत ‘पशुपति प्रसाद’ हेरेपछि नै सहकार्यको खाका कोरेका रहेछन् ।

‘निर्देशनको चाहना एकाध वर्षयता बढे पनि आफूले चाहेजस्तो कथावस्तु र पटकथा भेटिरहेको थिइनँ,’ निर्देशक शर्माले कुराको पन्तुरो फुकाउँदै भने, ‘जब ‘पशुपति प्रसाद’ हेरें, मेरो दिमागको बत्ती बल्यो । आर्यघाटमा लास पोल्ने विषयमा पनि यति चाखलाग्दो फिल्म बन्न सक्ने रहेछ । यति चाखलाग्दो पटकथा लेख्ने पनि हुँदा रहेछन् भन्ने लाग्यो ।’
त्यसपछि खगेन्द्रलाई भेट्न शर्मा अनामनगरको मण्डला थिएटर पुगे, जहाँ खगेन्द्रकै नाटक ‘दाँतको डोब’ मञ्चन भइरहेको थियो । ‘पछि ‘जय भोले’ को बीउ नै त्यही नाटक बन्यो,’ शर्माले कान्तिपुरसँगको भेटमा भने । फिल्ममा पनि जयको चरित्रमा रहेका खगेन्द्रले दुई साथीको आत्मीय सम्बन्धलाई मूल सार बनाएर पटकथा तयार पारे ।

खगेन्द्रले भने, ‘दुईजना सँगै जन्मे, हुर्केका साथीहरूको सम्बन्धलाई चाखलाग्दो शैलीमा समाजलाई जोडेर भन्ने प्रयास गरेका छौं ।’ उनले दुई साथीको कथा केवल सपाट नभई अर्थपूर्ण पनि बनाउन खोजिएको खुलाए । निर्देशकले त्यसमा थपे, ‘खगेन्द्रले लेखिसकेपछि त्यसमा पक्कै पनि केही गुदी कुरा त हुन्छ नै । फिल्ममा दस मिनेट त्यस्तै सरप्राइज प्याकेज छ, जुन अहिले नै खोल्न मिल्दैन ।’फिल्ममा जयको साथीको भूमिकामा सौगात मल्ल र मीतको भूमिकामा बुद्धि तामाङ रहेका छन् । बुद्धिलाई फिल्मको ट्रेलरमा ब्रुस लीको फ्यानका रूपमा पनि देख्न सकिन्छ । ‘ब्रुस लीको फ्यान हुनुको पनि कारण छ,’ बुद्धिले कारण खुलाउँदा कथा खुल्ने डर देखाउँदै भने, ‘ब्रुस लीको बेस्सरी फ्यान भएकै कारणले साथीहरूसँग जोडिन पुग्छु ।’

यही घनचक्करमा फिल्ममा नायिकाका रूपमा स्वस्तिमा खडका छिरेकी छन् । तर खड्काले पनि आफ्नो भूमिका र चरित्रका बारेमा नखुल्दैमा सहज हुने ठानिन् । बरु खगेन्द्र नै आफ्नो चरित्रमा केही खुले । जयको ट्यापे, मुन्द्रे शैलीमा ट्रेलरमा छाएका खगेन्द्रलाई भूमिका फिट भयो त  प्रश्नले स्वयं खगेन्द्र पनि सोचमग्न भए ।
‘लेख्न त लेखें, तर पछि आफैंलाई जयको रोल फिट हुँदैन कि जस्तो लाग्यो । अनि अशोक दाइलाई आफू फिट हुन्नँ कि भनें । बरु मैले भन्दा अरू नै कसैले पो त्यसलाई न्याय गर्न सक्छ कि भनेर कुरा राखें । तर दाइले यही त कलाकारका लागि चुनौती हो, तिमी गर्न सक्छौ भनेपछि आँटें,’ खगेन्द्रले भने, ‘अरू फिल्ममा भन्दा यसमा काम गर्दा अलग अनुभव भयो । चरित्र पनि अलग गरेको छु भन्ने लाग्छ । अब दर्शकले यसलाई कसरी स्वीकार गर्नुहुन्छ, भोलिको कुरा । मैले इमानदार भई गर्न खोजेको हुँ ।’ खगेन्द्रले गेटअपमा मात्रै नभई यसपालि पूर्वेली लवजमा पनि आफूलाई टेस्ट गर्न खोजेका छन् ।

‘जय भोले’ रिलिजको पूर्वसन्ध्यामा निर्देशक तथा निर्माता अशोक शर्मा उत्साहित देखिएका थिए । यसअघि आफूले पूरै कमर्सियल फिल्म बनाउँदै आएको अनुभव र यथार्थपरक फिल्म खेल्दै आएका खगेन्द्र, सौगात जस्ता कलाकारबीचको सम्मिश्रणले ‘जय भोले’ लाई राम्रो बनाएको शर्माको विश्वास रहेछ ।

फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरवीर पण्डित, सुरेन्द्र केसी, किशोर भण्डारीलगायत कलाकार पनि छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई राजु ढुंगानाले सम्पादन गरेका हुन् । कान्तिपुरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);