‘जय भोले’ सँग वार्ताको ढोका खुल्ला छ : दीपकराज गिरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘जय भोले’ सँग वार्ताको ढोका खुल्ला छ : दीपकराज गिरी

dipakraj

काठमाडौं, २९ बैशाख । दीपकराज गिरी र दीपाश्री निरौला एण्ड टिमले निर्माण गरेका फिल्म दशैंको फूलपातीमा रिलिज हुने गरेका छन् ।छक्का पञ्जाका दुई सिरिज दशैंलाई लक्षित गरेर प्रदर्शनमा आएका थिए । अचेल यो मितिमा कुनै फिल्म रिलिज गर्नु भनेकोबाघको मुखमा हात हाल्नु सरह हो भनिन थालिएको छ ।

यसैबीच निर्माण घोषणाकै क्रममा अशोक शर्मा निर्मित तथा निर्देशित फिल्म जय भोले ले दशैंको फूलपाती ताक्दै प्रदर्शन मिति तय गर्‍यो । यो फिल्मको छायांकन सकेर युट्युब र हलमा टिजर समेत बजिरहेको छ ।छक्का पञ्जा ३ को भने स्क्रिप्टको काम ढिलो भएपछि शुक्रवारबाट छायांकन सुरु भएको छ ।

सुटिङ गर्न ढिलाई भएपछि छक्का पञ्जा ३ु दशैंमा नआउने खुब चर्चा थियो । तर, शुक्रवार फिल्मको मुहर्त गर्दै निर्माण टिमले दशैंको फुलपातीबाट ब्याक नहट्ने बताएको छ । दशैंको फूलपातीमा जय भोले पनि प्रदर्शन हुँदैछ भन्ने पत्रकारको प्रश्न अधुरै रहँदा दीपकराज गिरीले त्यस विषयमा आफू अनविज्ञ रहेको शारीरिक हाउभाउका माध्यमबाट प्रस्तुत गरे ।
जय भोले सँग भिडन्त पक्का नै हो भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्,भिडन्त भन्ने शब्द राम्रो हुन्न । एकसाथ प्रदर्शन हुँदैछन् भन्नु राम्रो हुन्छ । हामी कसैसँग भिड्न गएका होइनौं । हामीले दशैंको फूलपातीमा फिल्म रिलिज गर्दै आएका छौं । यो मितिमा अन्य फिल्म रिलिज हुनु नै हुँदैन भन्ने होइन । मात्र ठूला फिल्म एकसाथ प्रदर्शन हुनु राम्रो होइन ।

उनले जय भोले सँग वार्ता गर्न ढोका खुल्ला रहेको बताए । उनी भन्छन्, हामी उहाँहरुसँग वार्ता गर्न तयार छौं । सहमतीबाट हामी अगाडि बढ्ने प्रयास गर्नेछौं । खबरअनुसार, केही दिनदेखि दीपकराज र अशोक शर्माबीच फिल्मको प्रदर्शन मितिको बारेमा दैनिकजसो वार्ता भइरहेको छ ।

लगातार दुई सिरिज सुपरहिट भएको ब्राण्डसँग भिडन्त गर्नु जय भोले का सामुन्ने ठूलै चुनौतीको पहाड खडा छ । उता हाल प्रदर्शनरत फिल्म डमरुको डण्डीबियोु बक्सअफिसमा असफल हुँदा यसको असर जय भोले लाई नपर्ला भन्न सकिन्न । कारण, उक्त फिल्मका लेखक तथा कलाकार खगेन्द्र लामिछाने हुन् ।

सहमतीबाट दुईमध्ये एकको प्रदर्शन मिति फेरबदल भए ठूलो महासंग्राम हुनबाट रोकिने छ । अन्यथा, यस वर्षको दशैंको फूलपातीमा जय भोलेु र छक्का पञ्जा ३ को भिडन्तले सिनेवृतमा सानो तरंग ल्याउने छैन । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);