‘छक्का पञ्जा ३’ को गीतमा सिमित वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘छक्का पञ्जा ३’ को गीतमा सिमित वर्षा

barsha rahut

काठमाडौं, ३१ जेठ । सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा लिड रोलमा रहेकी अभिनेत्री वर्षा राउत ‘छक्का पञ्जा ३’ मा भने एक गीतमा मात्र सिमित हुने भएकी छिन् । निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत रहेको यो फिल्मको हाल अन्तिम चरणको छायांकन भइरहेको छ ।

निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ मा अभिनेत्री वर्षा राउत एक गीतमा देखिने जानकारी दिइन् । फिल्मीखबरसँगको फोनवार्तामा उनले भनिन्,हामी फिल्मको सम्पूर्ण दृश्य सकाएपछि गीत खिच्नेछौं । गीतमा वर्षा पनि देखिनेछिन् ।

उनका अनुसार, वर्षाको फिल्ममा एक गीतबाहेक अन्य सिन हुने छैन । रोचक कुरा त यो फिल्ममा उनका प्रेमी संजोग कोइरालाको पनि अभिनय छ । उनले आफ्नो भागको सिन भने भ्याइसकेका छन् । अभिनेता पुष्प खड्काले अन्तिम समयमा फिल्म नगर्ने निर्णय लिएपछि निर्माण टिमले उनको ठाउँमा संजोगलाई भित्राएको थियो ।

गएको शनिवार मात्र अभिनेत्री स्वस्तिमा खड्काले पनि यो फिल्म ज्वाइन गरेकी थिइन् । यसअघि उनी फिल्ममा हुने विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । उनको एक गीत र केही सिन रहने बताइएको छ । यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । छक्का पञ्जा ३ मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);