फेरि दीवाकरको फिल्ममा दीपिका ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

फेरि दीवाकरको फिल्ममा दीपिका ?

deepika-diwakar

काठमाडौं, ८ मंसिर । ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँले इन्गेजमेन्ट र पेपर म्यारिज गरिसकेका छन् । यसकारण दुई श्रीमान-श्रीमती भइसके भन्दा गलत नहोला । यस वर्ष दुबै कल्चरल बिहे गर्ने तयारीमा छन् । फिल्मी जोडी केही दिन अगाडि मात्र थाइल्याण्डमा हनिमुन मनाएर फर्किएका छन् ।

‘छक्का पञ्जा ३’ को सफलताबाट ‘हटकेक’ बनेकी दीपिका हनिमुन मनाउन थाइल्याण्ड उड्दा निर्देशक नवल नेपालको एक प्रोजेक्ट हातबाट गुमाइन् । उनको ठाउँमा टिमले अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अनुबन्ध गरेको छ । रिलेसनसिपमा रहेको खबर बाहिरिएपछि दीपिकासँग काम गर्न टिमले असुरक्षित महशुस गरेको बुझिएको छ ।

यो कुरा उनी पनि स्वीकार गर्छिन् । शुक्रबार साप्ताहिकसँग कुराकानी गर्दै उनले मेकर्सलाई असुरक्षा महशुस हुनु सामान्य रहेको बताएकी छन् । उनले ‘छक्का पञ्जा ३’ पछि आफूले कुनै फिल्म साइन नगरेको पनि बताइन् । पत्रिकासँगको कुराकानीमा दीपिकाले भनेकी छन्, ‘एक फिल्ममा कुरा भइरहेको छ । तर, फाइनल भएको छैन ।’

निर्देशक दीवाकरले भने आफूले निर्देशन गर्ने पक्का भएको एक प्रोजेक्टमा उनलाई खेलाउने सोच बनाएको बताएका छन् । उनी भन्छन्, ‘उनको दुइटा फिल्म राम्रै भयो । अब तेस्रो फिल्म उनले जस्तो पायो त्यस्तै गर्दिनन् । मेरो एउटा साइन प्रोजेक्ट छ । सायद म त्यसमै गराउँछु उनलाई ।’

नेपालमा विवाह गरेपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने मानसिकता छ । अभिनेत्री स्वस्तिमा खड्काजस्ता केही अभिनेत्री अपवाद होलान् तर प्रायः अभिनेत्रीहरु विवाहपछि काँचको पर्दामा टिक्न सकेका छैनन् । अभिनेत्री दीपिका प्रसाईँको फिल्मी भविष्य कस्तो रहने हो ? त्यो समयचक्रसँगै थाहा हुनेछ ।

‘छक्का पञ्जा ३’ पछि रिलेसनसिपको खबर बाहिर आएपछि उनले एक प्रोजेक्ट गुमाइन् । अहिले कुनै फिल्म साइन गरेकी छैनन् । दीवाकर आफ्नो नयाँ फिल्ममा उनलाई लिने सोचमा छन् । प्रश्न अब यो उठ्छ कि दीपिकाले बाहिरी फिल्म गर्ने कि श्रीमानको फिल्म मात्र ? यसअघि ‘ऐश्वर्य’ मा दुईको सहकार्य भएको थियो । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);