मिस वल्र्ड : अत्याधिक भोट पाउने प्रतिस्पर्धी मिस नेपाल शृंखला खतिवडा पहिलो नम्बरमा (भोट गर्ने तरिका सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मिस वल्र्ड : अत्याधिक भोट पाउने प्रतिस्पर्धी मिस नेपाल शृंखला खतिवडा पहिलो नम्बरमा (भोट गर्ने तरिका सहित)

shrinkhala

काठमाडौं, ७ मंसिर । यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् ।

सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगर विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् ।

मिस वल्र्ड आयोजकको वेबसाईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन् । उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन् । दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन् ।

के तपाईंलाई बिश्व सुन्दरीमा शृखला खतिवडालाई बनाएर नेपालको शान बढाउने मन छ ? आउनुहोस सबै मिलेर भोट गरौ । पहिले मोबाईलमा playstore बाट Mobstar भन्ने App डाउनलोड गर्नुहोस् । त्यो App फेसबुक id या त Google id बाट खुल्छ । यसपछि त्यसमा shrinkhala khatiwada टाईप गरि सर्च गर्नु अनि उनको profile आँउछ त्यसमा दाहिनेतिर माथि follow गर्नुहोस् । त्यसपछि उनको फोटोलाई क्रमश बाँयाबाट दाँया तिर सार्नुहोस त्यसरी सार्दा yes आउँछ त्यो पहेंलो रंगमा आउँछ । त्यसरी आयो भने तपाईको भोटिङ गनिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);