मिस वर्ल्डको मल्टिमिडिया ईतिहासमा शृंखलाको सबै भन्दा सफल च्यालेन्ज, दुई अवार्ड हात पारिन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिस वर्ल्डको मल्टिमिडिया ईतिहासमा शृंखलाको सबै भन्दा सफल च्यालेन्ज, दुई अवार्ड हात पारिन्

shrinkhala

काठमाडौं, १८ मंसिर । मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डमा मल्टिमिडिया अवार्ड जितिन् । यो नै एउटा ठुलो खबर थियो त्यस माथि पनि उनले ब्युटी विद पर्पसमा पनि अवार्ड जितेर मिस वर्ल्ड बन्ने पक्कपक्कि सम्भावना देखिएको छ । मल्टिमिडियाले सोसल मिडियामा प्रतियोगीहरुको सहभागिता, उनीहरुले गरेका पोस्टहरुमा ईन्गेजमेन्ट, क्रीएटिभ फोटो र भिडियोका साथसाथै ओभरल मानिसहरुमा कत्तिको प्रभाव जमाउन सक्छन् भनेर जाँच गर्ने रहेछन् । यो वर्ष मल्टिमिडिया च्यालेन्ज मिस वर्ल्डकै ईतिहासमा सबै भन्दा सफल च्यालेन्ज भएको मिस वर्ल्डका आयोजक बताउँछन् ।

यो वर्ष फेसबुक, ईस्ट्राग्राम, ट्युटर, मोबस्टार र मोटरपाओर लाईनमा अहिलेसम्म कै सबैभन्दा ट्राफिक आएको रहेछ । यसका साथै मिस वर्ल्ड प्रतिस्पर्धी बिच सान्या टुरिजम विषयलाई लिएर बिज्ञापन गर्ने भिडियो पनि गरेको रहेछ । त्यसमा मिस शृंखलाले भिडियो बनाएकोमा उनी तेश्रो भएकि छिन् । अब हामीले उनलाई भोट त गर्नु पर्दैन तर अझ मिस शृंखलालाई सपोर्ट र समर्थन गरेर उनलाई मिस वर्ल्ड बनाउन लागि पर्नु पर्दछ ।

अघिल्लो वर्षकि मिस वर्ल्ड मानुसी चिल्लरले पनि ब्युटी विद पर्पस जितेकि थिईन् । त्यसैले मिस वर्ल्डको उपाधि जित्नलाई यो एउटा सुखद लक्षण पनि हो । मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);