अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

Miss-Nepal-2019 anuska shrestha

काठमाडौं, २७ बैशाख । यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।  उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् ।

यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ रिया बस्नेत बन्न सफल भए ।

यस्तै अन्य टाटलतर्फ निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुस्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको जित्न सफल भए ।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो । ‘मिस नेपाल २०१९’को अन्य विभिन्न टाइटलका विजेताहरुको नाम यसप्रकार छः

१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी

२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३. मिस ग्ल्यामरः रोज लामा

४. मिस फोटोजेनिकः रोज लामा

५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ

६. मिस न्याचुरल स्किनः जेनी महर्जन

७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी

८. मिस कन्फिडेन्टः निशा पाठक

९. मिस पपलुर च्वाइसः रिया बस्नेत

१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);