टिकटक क्‍विन टुविन्स गर्ल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टिकटक क्‍विन टुविन्स गर्ल

tiktok queen

काठमाडौं, २१ बैशाख । पछिल्लो समय युवायुवती माझ टिकटक लोकप्रिय छ। सुरुआतको समयमा म्युजिकल्लीको रूपमा सुरु भएको यो एप्लिकेसन चाइनिज कम्पनीले किनेपछि टिकटकका रूपमा हाल प्रयोगमा छ।

फेसबुक, म्यासेन्जर, भाइवर, स्काइपजस्तै टिकटक पनि एउटा एप्लिकेसन हो जसमा विभिन्न खालका भिडियो तथा एक्टिङका सिन अपलोड गर्ने गरिन्छ। बच्चादेखि बूढासम्म सबैले टिकटक भिडियो बनाएर अपलोड गरेको देखिन्छ। सबैको रोजाइमा परेको छ टिकटक।

तपाईंको पनि टिकटक एकाउन्ट छ भने देख्नु भएको होला दुईजना जुम्ल्याहा दिदीबहिनीको भिडियो बारम्बार आइरहन्छ। टिकटक एकाउन्टको नाम ट्विनी गर्ल हो। उनीहरू हुन् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा। कहिले हिन्दी गीतमा नाच्दै गरेको देखिन्छ त कहिले फिल्मका गीतमा अभिनय गर्दै गरेको देखिन्छ। उनीहरूको अभिनय र अनुहारको हाउभाउ पनि अब्बल छ। टिकटक प्रयोगकर्ता नेपालीबीच उनीहरू रोजाइमा पर्ने गरेका छन्। दुवैको सिंगल एकाउन्ट छ। जसलाई ५० लाख बढीले पछ्याएका छन्।

२१ वर्षअघि प्रिन्सी र प्रिज्मा मोरङमा जन्मिएका हुन्। हाल चाबहिलमा परिवारसँगै बस्छन्। प्रिन्सी नर्दन लाइट एकेडेमी अफ एभियसन एन्ड टेक्नोलोजीबाट डिप्लोमा सकाएकी छन् भने प्रिज्माले मेधावी कलेजमा होटल म्यानेजमेन्टमा तेस्रो वर्ष पढ्दैछिन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);