अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल

donald trump


एजेन्सी,७ भदाै। चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ ।अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश विरुद्ध ‘टिक टक’ले अदालतमा अपिल गरेको हो ।

कम्पनीले कानुनी उपचार खोज्दै अदालतमा अपिल गरेको बताएको छ । राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ । अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो ।

टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ । तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ ।

अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । प्रतिबन्धमा परेको अर्को चिनियाँ सामाजिक संजाल विच्याटले अमेरिकामा कानुनी उपचारको बाटो खोजे लगत्तै टिकटक पनि अदालत पुगेको हो ।

Leave a Reply

ताजा समाचार