पेरूस्थित लिमा नाइटक्लबमा प्रहरीको छापाः भागदौडमा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पेरूस्थित लिमा नाइटक्लबमा प्रहरीको छापाः भागदौडमा १३ जनाको मृत्यु

एजेन्सी, ८ भाद्रः पेरूको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्ने क्रममा भागदौड हुँदा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी समयमा प्रतिबन्ध उल्लंघन गर्दै आयोजित नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा १२ जनाको मृत्यु भएको हो भने अन्य ९ जना घाइते भएका छन् ।

घटनामा मृत्यु भएका १३ मध्ये १२ जना महिना र एक पुरुष रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । भागदौडमा अन्य ३ प्रहरी अधिकृतसहित ६ जना घाइते भएको बताइएको छ । कोरोनाको महामारीकाबीच क्वल संचालनमा भएको भन्दै स्थानीयले जानकारी दिएपछि प्रहरी उक्त क्वल बन्द गर्न पुगेको थियो ।

मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ भने क्लब छापा मार्न गएका ६० प्रहरीमा पनि कोरोना संक्रमण देखिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु गत मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ९४ हजार ४ सय २६ जना संक्रमित भएका छन् भने संक्रमणबाट २७ हजार ६ सय ६३ को मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);