दक्षिण कोरियामा भागदौडः सरकारप्रति युवाहरुको आक्रोश | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

दक्षिण कोरियामा भागदौडः सरकारप्रति युवाहरुको आक्रोश

सियोल। दक्षिण कोरियामा गत साता ह्यालोविन पर्वका क्रममा भागदौड हुँदा मारिएकाहरुको सम्झनामा पीडितका आफन्त राजधानी सियोलभर भेला भएर शोक मनाएका छन् । सेतो मैनबत्ती र कालो चिन्हहरू समातेका इटावन क्रसका शोकाकुल युवा राजधानीमा भेला भएका हुन् । सरकाप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले न्यायको माग गरेका थिए ।

२९ अक्टोबरमा इटावन जिल्लामा ह्यालोविन उत्सवको समयमा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो । भागदौडमा दर्जनौँ घाइते भएका थिए । पीडितमध्ये अधिकांश युवा युवती थिए ।

घटनाको एक हप्ता पछि अधिकारीहरूले नगरपालिका कार्यालय र स्थानीय प्रहरी र दमकल स्टेसनहरूमा छापा मारेर अनुसन्धान सुरु गरेका छन्।
सो घटनाबारे राष्ट्रिय पुलिस प्रमुखले माफी मागेका छन् भने राष्ट्रपति यून सुक–योलले भविष्यमा भीड नियन्त्रण उपायहरू सुधार गर्ने वाचा गरेका छन् । तर सर्वसाधारणको आक्रोश भने थामि नसक्नु छ ।

Leave a Reply