दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक

सीउल। दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा  १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘यो वास्तवमै दुखद हो’ उनले एक विज्ञप्तिमा भने ‘एक त्रासदी घटना  राजधानी सिउलको मुटुमा भएको छ ।’ सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।

Leave a Reply

ताजा समाचार