हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

एजेन्सी । हेइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् ।

दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घाइतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए । 

बिस्फोटपछि पनि दर्जनौंको शब घटनास्थलमा छरिएको थियो । बिस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । बिस्फोटपछि आगो ट्यांकरमा लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);