लेबनानामा तेल ट्यांकर विस्फोट हुँदा ४ जनाको मृत्यु, २० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लेबनानामा तेल ट्यांकर विस्फोट हुँदा ४ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी, २४ असोज । लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ अन्य २० जना घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार साँघुरो सडकमा भएको विस्फोट लगत्तै आगोको मुस्लो फैलिएको थियो । विस्फोटका आवाजले नजिकै रहेका घरका झ्यालका सिसाहरु समेत फुटेको बताइएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । गत अगस्तमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विस्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);