धनुषामा बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनुषामा बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

bomb

धनुषा, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ मा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । शुक्रबार मध्यराति कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर दाहालसहित घरधनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको हो ।

राजेश साह र उनका छोरा आनन्द साहको घटनास्थमा र निरीक्षक दाहालको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जानकारी दिनुभयो । निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्राप्त सूचना अनुसार घटनास्थलमा पुगेको प्रहरीले शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको थियो । घटनामा घरधनी राजेशकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न् । घाइते तीनै जनाको धनुषामा उपचार सम्भव नभएपछि बीपी प्रतिस्ठान धरानमा उपचार भइरहेको छ ।

त्यसैगरी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयका झ्ंयाल, ढोका क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनामा संग्लनता भएको आशंकामा एक जनालाई प्रहरी नियन्त्रण लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);