श्रीलंकामा शृङ्खलाबद्ध रुपमा बम विस्फोट, ५० जनाको मृत्यु, २०० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीलंकामा शृङ्खलाबद्ध रुपमा बम विस्फोट, ५० जनाको मृत्यु, २०० घाइते

srilanka

काठमाडौं, ८ बैशाख । दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बो र आसपासका क्षेत्रमा शृङ्खलाबद्ध रुपमा बम विस्फोट भएको छ ।

श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुसेकेराका अनुसार विस्फोट आईतबार बिहान स्थानीय समयअनुसार ८ बजेर ४५ मिनेटमा भएको हो । विष्फोटमा परी ५० जनाको मृत्यु हुनुको साथै २०० जना भन्दा बढी घाइते भएका छन् । विस्फोट चर्च र होटलहरुलाई निशाना बनाएर गराइएको छ । घाइते भएका ८० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएकोछ । अहिले सम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरुमा आक्रमण भएको हो । दुई वटा बम चर्चहरुमा विस्फोट भएका थिए ।

कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्चमा पहिलो विस्फोट भएको लगत्तै फेरि सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो । तेस्रो बम विस्फोट भने राजधानी कोलम्बोको किङ्सबरी होटल र सांग्र्रिला होटलको बीचमा भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);